देवघाट–२ मा सार्वजनिक सुनुवाइ तथा टोल बिकास बिचको अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज १०

देवघाट गाउँपालिका वडा नम्बर २ को आयोजनामा आर्थिक वर्ष २०८०।०८१ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ तथा टोल बिकास संस्थाहरुको बिचको अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मिनबहादुर रानामगरले वडाको कामलाई सबै टोल विकास संस्थाहरुसँगको समन्वयमा गरिरहेको बताए । उनले वडाबासीलाई धेरै भन्दा धेरै सेवा उपलब्ध गराउन वडा कार्यालय लागिपरेको बताए । सो कार्यक्रममा सेवाग्राहीबाट उठेका जिज्ञासाहरुको वडा अध्यक्ष रानामगरले जवाफ दिएका थिए ।

उक्त कार्यक्रममा गाउँ कार्यपालिका सदस्य बालकुमारी परियार, हूममाया खाँण, वडा सदस्यहरु पोलबहादुर आलेमगर र यमबहादुर थापामगर, वडा सचीव समीर अधिकारी, कोटबैदी टोलबिकास संस्था अध्यक्ष वृषबहादुर गुरुङ, सिमलेक टोलबिकास संस्था सचीव दिलबहादुर बाचेमगर, बैदी स्वास्थ्य चौकीका प्रमुख पुष्पहरी रानाभाट लगायतले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा वडा नम्बर २ का विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र