भानु नगरपालिकाको वडामा एमालेको अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेकपा एमाले भानु नगर कमिटि अन्तर्गत भानु नगरपालिकाका वडाहरुमा वडा अधिवेशन सुरु भएको छ । बुधबारसम्म ५ वटा वडाको अधिवेशन सम्पन्न भईसकेको छ । अन्य स्थानीय तहमा सदस्यता र लेबी संकलन भईरहेको र अधिवेशनको मिति तोक्न नै बाँकी रहेको अवस्थामा भानु नगर कमिटिले भने करिब ९० प्रतिशत सदस्यता र लेवी उठाईसकेपछि वडा अधिवेशन समेत आयोजना गरेको हो ।

हालसम्म करिब ९० प्रतिशत लेबी सदस्यता नविकरण भईसकेको र बाँकी सदस्यता उठाउन र नयाँ सदस्यता वितरण कार्यलाई सँगसँगै लगिएको नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले बताए । रानाभाटका अनुसार हालसम्म वडा नम्बर १ देखी ५ सम्मका वडाहरुको अधिवेशन सम्पन्न भईसकेको छ । नयाँ सदस्यता वितरण कार्यपनि निकै उत्साहजनक रुपमा भईरहेको अध्यक्ष रानाभाटले बताए ।

अध्यक्ष रानाभाटका अनुसार वडा नम्बर १ मा अध्यक्षमा सहमती हुन बाँकी रहेको र अन्य पदाधिकारी र सदस्यहरुको टुंगो लागिसकेको छ भने वडा नम्बर २ मा इश्वरीप्रसाद अधिकारी, वडा नम्बर ३ मा बिनोदकुमार श्रेष्ठ, वडा नम्बर ४ पुर्णबहादुर लौडारी र वडा नम्बर ५ मा अर्जुनकुमार शाही अध्यक्ष चयन भएका छन् । आज विहिबार वडा नम्बर ८ को अधिवेशन हुने छ । घटस्थापना अघि वडा नम्बर ९ र १० को अधिवेशन सम्पन्न हुने र बाँकी वडाको दशैपछि, तिहार अघि सम्पन्न हुने अध्यक्ष रानाभाटले बताए । उक्त अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सल्लाहार एकबहादुर राना सहित प्रदेश कमिटि र भानु नगरका जिल्ला कमिटिका सदस्यहरु अतिथि रहेका छन् ।

रानाभाट नेकपा एमाले भानु नगर कमिटिको अध्यक्षमा निर्वाचित भएपछि एमालेको गतिविधि भानु गरपालिकामा ह्वात्तै बढेको छ । रानाभाटको नेतृत्वमा यस विचमा भानु नगरपालिकामा ज्ञापनपत्र बुझाउने, व्यवस्थित नगर कमिटिको कार्यालय उद्घाटन र सन्चालन तथा सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान तथा वडा अधिवेशनहरु व्यवस्थित रुपमा भईरहेका छन् ।

कमिटिका सबै साथीहरुको साथ र सहयोगले समयमै निर्धारित कामहरु सम्पन्न गर्न सहयोग पुगेको अध्यक्ष रानाभाटले बताए । एकताबद्ध पार्टी र संगठित तथा सक्रिय कार्यकर्ताको बलमा भानु नगरपालिकामा एमालेको बर्चश्व स्थापित गर्न आफ्नो नेतृत्वमा काम भईरहेको अध्यक्ष रानाभाटले बताए । विगतमा जिल्ला कमिटिको सचिवालय सदस्य रहेको आफु भानु नगरपालिकामा एमालेलाई पुनर्जिवित गर्न नगर कमिटिको अध्यक्षको रुमपा काम गर्न आएकोे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक