भानु नगरपालिकाको वडामा एमालेको अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेकपा एमाले भानु नगर कमिटि अन्तर्गत भानु नगरपालिकाका वडाहरुमा वडा अधिवेशन सुरु भएको छ । बुधबारसम्म ५ वटा वडाको अधिवेशन सम्पन्न भईसकेको छ । अन्य स्थानीय तहमा सदस्यता र लेबी संकलन भईरहेको र अधिवेशनको मिति तोक्न नै बाँकी रहेको अवस्थामा भानु नगर कमिटिले भने करिब ९० प्रतिशत सदस्यता र लेवी उठाईसकेपछि वडा अधिवेशन समेत आयोजना गरेको हो ।

हालसम्म करिब ९० प्रतिशत लेबी सदस्यता नविकरण भईसकेको र बाँकी सदस्यता उठाउन र नयाँ सदस्यता वितरण कार्यलाई सँगसँगै लगिएको नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले बताए । रानाभाटका अनुसार हालसम्म वडा नम्बर १ देखी ५ सम्मका वडाहरुको अधिवेशन सम्पन्न भईसकेको छ । नयाँ सदस्यता वितरण कार्यपनि निकै उत्साहजनक रुपमा भईरहेको अध्यक्ष रानाभाटले बताए ।

अध्यक्ष रानाभाटका अनुसार वडा नम्बर १ मा अध्यक्षमा सहमती हुन बाँकी रहेको र अन्य पदाधिकारी र सदस्यहरुको टुंगो लागिसकेको छ भने वडा नम्बर २ मा इश्वरीप्रसाद अधिकारी, वडा नम्बर ३ मा बिनोदकुमार श्रेष्ठ, वडा नम्बर ४ पुर्णबहादुर लौडारी र वडा नम्बर ५ मा अर्जुनकुमार शाही अध्यक्ष चयन भएका छन् । आज विहिबार वडा नम्बर ८ को अधिवेशन हुने छ । घटस्थापना अघि वडा नम्बर ९ र १० को अधिवेशन सम्पन्न हुने र बाँकी वडाको दशैपछि, तिहार अघि सम्पन्न हुने अध्यक्ष रानाभाटले बताए । उक्त अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सल्लाहार एकबहादुर राना सहित प्रदेश कमिटि र भानु नगरका जिल्ला कमिटिका सदस्यहरु अतिथि रहेका छन् ।

रानाभाट नेकपा एमाले भानु नगर कमिटिको अध्यक्षमा निर्वाचित भएपछि एमालेको गतिविधि भानु गरपालिकामा ह्वात्तै बढेको छ । रानाभाटको नेतृत्वमा यस विचमा भानु नगरपालिकामा ज्ञापनपत्र बुझाउने, व्यवस्थित नगर कमिटिको कार्यालय उद्घाटन र सन्चालन तथा सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान तथा वडा अधिवेशनहरु व्यवस्थित रुपमा भईरहेका छन् ।

कमिटिका सबै साथीहरुको साथ र सहयोगले समयमै निर्धारित कामहरु सम्पन्न गर्न सहयोग पुगेको अध्यक्ष रानाभाटले बताए । एकताबद्ध पार्टी र संगठित तथा सक्रिय कार्यकर्ताको बलमा भानु नगरपालिकामा एमालेको बर्चश्व स्थापित गर्न आफ्नो नेतृत्वमा काम भईरहेको अध्यक्ष रानाभाटले बताए । विगतमा जिल्ला कमिटिको सचिवालय सदस्य रहेको आफु भानु नगरपालिकामा एमालेलाई पुनर्जिवित गर्न नगर कमिटिको अध्यक्षको रुमपा काम गर्न आएकोे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर