विश्व मुटु दिवसको अवसरमा निर्मल माविमा मुटु परिक्षण र सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

विश्व मुटु दिवसको अवसरमा आइतबार व्यास नपा–१ स्थित निर्मल माविमा मुटु परिक्षण र सचेतना कार्यक्रम आयोजना गरिएको छ । दमौली अस्पतालको समन्वयमा बिद्यालयका विद्यार्थी हरुकोलागि मुटु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं दमौली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्ले, बिशिष्ट अतिथि ब्यास नगर पालिकाका मेयर बैकुण्ठ न्यौपाने, दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराल, डा.सन्दिप पान्डे, डा.बिपना गुरुङ, डा.आकृति, विद्यालयका प्रअ गणेशचन्द्र बस्नेत, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिशरण खनाल लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा बिज्ञ चिकित्सकहरुले मुटुलाई स्वस्थ राख्ने तरिका एवं यसको महत्व बारे प्रकाश पार्नुको साथै बिधालयमा कार्यरत शिक्षकहरूको मुटु र स्वस्थ परिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका