विश्व मुटु दिवसको अवसरमा जेष्ठ नागरिकको मुटु परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

विश्व मुटु दिवस–२०२४ को अवसरमा नेपाल ह्दय रोग निवारण प्रतिष्ठान तनहुँले व्यास नपा–५ पाटन स्थित राष्ट्रिय परोपकार महासंघ जेष्ठ नागरिक चौतारी बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको मुटु तथा अन्य स्वास्थ्य परिक्षण गरेको छ ।

उक्त कार्यक्रममा आश्रम रहेका आमा तथा बुबाहरु तथा अन्य जेष्ठ नागरिकहरुको मुटुको परिक्षण सहित मुटुसँग सम्बन्धित इसिजी, अक्सिजन जाँच तथा रक्तचाप जाँच गर्नुको अतिरिक्त मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी समेत प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठान तनहुँका अध्यक्ष पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले मुटु मानिसको जिवनको सबैभन्दा महत्वपुर्ण अङ्ग रहेको हुँदा मुटुको नियमित रुपमा परिक्षण गरिरहनुपर्ने बताए ।

उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं नेशनल एपोलो हस्पिटलका सन्चालक चुडामणी दाहाल, राष्ट्रिय परोपकार महासंघका जेष्ठ नागरिक आश्रमका अध्यक्ष तारानाथ घिमिरे लगायतले मुटुको स्वस्थताको बारेमा मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ७३ जनाको मुटुको परिक्षण गरिएको थियो ।

नेपाल ह्दयरोग प्रतिष्ठान तनहुँका अध्यक्ष पाण्डेले अहिलेको परिवेशमा धेरैभन्दा धेरै मानिसहरूले अखाद्य तथा मिसावटयुक्त खानेकुरा खानाले मुटु लगायतका जघन्य रोग निम्त्याइएको पाइएको हुँदा यसबाट बच्न स्वस्थकर खानेकुरा खानुपर्ने, जंकफुड जस्ता अखाद्य पदार्थहरु खानबाट परै बस्नुपर्ने र दैनिक कम्तीमा २० मिनेट शारीरिक व्यायाम अति आवश्यक भएको बताए । सो कार्यक्रमको प्राविधिक सहयोग नेशनल एपोलो अस्पतालले निशुल्क रुपमा उपलब्ध गराएको थियो ।

सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।

मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुन धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी, ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन् । चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ ।

यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म