एमाले व्यास र भानु नगरमा वडा अधिवेशनहरु आयोजना

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ७

नेकपा एमालेको व्यास नगरपालिका र भानु नगरपालिकाका वडाहरुमा अधिवेशन भईरहेको छ । बुधबार व्यास नगरपालिकाको वडा नम्बर १२ तथा भानु नगरपालिकाको वडा नम्बर १३ मा वडा अधिवेशन सम्पन्न भएको छ ।

व्यास नपा १२ को दोश्रो वडा अधिवेशनले हर्क बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यिय वडा कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा सुर्यबहादुर केसी, सचिवमा राजु पन्थ, खुल्ला उपसचिवमा शान्तबहादुर भुजेल र महिला उपसचिवमा गंगा थापा निर्वाचित भएका छन् ।

उक्त वडा अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्यद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, प्रदेश कमिटिका पुर्व सदस्य श्रीराम कार्की, नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे, नगर कमिटिका पुर्व अध्यक्ष विरेन्द्रबहादुर अधिकारी, पुर्व उपसचिव मधुविलास पण्डित लगायतले सम्बोधन गरेका थिए ।

यसैगरि भानु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले वडा कमिटिको दोश्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । उक्त वडा अधिवेशनले सागर अधिकारीको अध्यक्षतामा वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा चिनुमाया श्रेष्ठ, सचिवमा रमेश श्रेष्ठ, खुल्ला उपसचिवमा विष्णुबहादुर केसी तथा महिला उपसचिवमा कान्छी श्रेष्ठ निर्वाचित भएका छन् ।

उक्त वडा अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटिका सदस्य सिताराम सुर्खाली, रुपा लामा, भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट, पुर्व जिल्ला कमिटिका सदस्य सुलेमान मियाँ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु