म्याग्देको एकिकृत घुम्ती शिविर वडा नम्बर ४ को छिम्लेश्वरामा

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ७

म्याग्दे गाँउपालिकाले गत असोज ६ गते देखि सन्चालन गरेको एकिकृत घुम्ती शिविर बुधबार वडा नम्बर ४ को छिम्लेश्वरा सम्पन्न भएको छ । घुम्ति शिविर निकै प्रभावकारी बन्दै गएको र गाउँपालिकाबाट प्रदान गरिने सबै खाले सेवा टोल टोलबाटै पाएपछि वडाबासीहरु पनि निकै सन्तुष्ट बनेका छन् ।

बुधबार छिम्लेश्वरामा भएको घुम्ति शिविरमा गाउँपालिकाबाट प्रदान गरिने सबैखाले सेवाहरु उपलब्ध गराईएको वडा नम्बर ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए । गाउँ कार्यपालिकाको कार्यालयको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई एकिकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्देश्यले एकिकृत घुम्ति शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईएकोछ । यस्तै कृषि तर्फ मागको आधारमा विपन्न लक्षित कार्यक्रम, ५० प्रतिशतको अनुदानमा कृषि प्रविधि हस्तान्तरण, टनेल निर्माणकालागि ७५ प्रतिशत अनुदान प्रदान, फलफुल बगैंचा कार्यक्रम, कृषि मेसिनरी सम्बन्धि तालिम र माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी परामर्श समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पशु सेवा तर्फ पशु स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएकोछ । जसमा विरामी पशुपन्छीहरुको स्वास्थ्य परिक्षण तथा उपचार, बोका तथा बहरको बन्ध्याकरण, पशु बस्तुको गोवर परिक्षण, पशुपन्छीजन्य औषधी वितरण, घरपालुवा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप कार्यक्रम, पशुपन्छी पालन व्यवस्था सम्बन्धि परामर्श र बार्षिक कार्यक्रमबारे जानकारी दिइनेछ ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईएको गाउँपालिकाले जनाएको छ । शिविरसम्म आउन नसक्ने अपाङ्गता भएका र जेष्ठ नागरिक सेवाग्राहीलाई उनीहरुकै घरमा पुगेर पनि आवश्यक सेवा दिईएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय