बन्दीपुर गाउँपालिकामा श्रम बैंक कार्यान्वयनमा

Devghat Online

शेयर गरौ

बन्दीपुर, पुस ६

तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ । श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तीलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैङ्क कार्यन्वयनमा ल्याएको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा गाउँपालिका भित्र रहेका सबै प्रकारका दक्ष अर्धदक्ष तथा अदक्ष व्यक्तीहरु र रोजगदाताहरुको विवरण एकिकृत रुपमा तयारी गरि रोजगार विनिमय कार्य संचालन गर्ने निर्णय गरेको छ । साथै बन्दीपुरका यूवाहरुलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रम बजार र मागमा आधारित रोजगारमुलक सीप विकास कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कामको खोजिमा रहेका व्यक्ती र कामदारको खोजिमा रहेका रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न ईच्छुक व्यक्तीहरुले क्युआर स्क्यान गरि गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालय मार्फत वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सकिनेछ ।

उक्त कार्यक्रम श्रम तथा रोजगार शाखाको आयोजनामा तथा विभिन्न रोजगारदाताहरुको उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाबाट प्रवद्र्धन गरिएको विभिन्न उद्यमी समूहहरुको समेत उपस्थिती रहेको थियो । उद्यमीहरुले उत्पादनलाई बजारिकरण गर्न तथा समस्याहरुका विषयमा समेत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको