घिरिङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

Devghat Online

शेयर गरौ

समर रानाभाट । घिरिङ, पुस १७

घिरिङ गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिकाको समन्वयमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले राष्ट्रिय परिचयपत्र वितरणको कार्य प्रराम्भ हिजो गर्नु भएको थियो । पहिलो चरणको वितरण कार्य पुष १४ गते मंगलबार ३ नम्वर वडामा परिचयपत्र वितरण गरिएको हो ।

यसैक्रममा सबै वडाबाट परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको छ । सेवा प्रवाहलाई छिटो, छरितो बनाउन वडाबाटै वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

यस घिरिङ गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय तनहुँबाट राष्ट्रिय परिचयपत्रको फाराम भर्ने पहिलो चरणमा २३९९ र थप १२९४ गरि राष्ट्रिय परिचयपत्रको कार्डहरू वितरण गरिएको पञ्जिकरण शाखाले बताएको छ । वडास्तरमा पुगेर परिचयपत्र वितरण गर्दा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो