भानुको प्रमुख प्रशासकीय अधिकृतमा भण्डारी

Devghat Online

शेयर गरौ

दमौली, पुस १७

भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गौतम भण्डारी सरुवा भएका छन् । यस अघि गोरखाको पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका भण्डारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भानु नगरपालिकामा सरुवा गरेको हो । भण्डारी बुधबार भानु नगरपालिकामा हाजिर भएका छन् ।

भानु नगरपालिकामा भण्डारीलाई भानुको पहिचान ऐतिहासिक विर्केटोपी लगाएर नगर प्रमुख आनन्दराज त्रिपाठीले स्वागत गरेका थिए । सो कार्यक्रममा उपप्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भानुवासीहरूका लागि थप सहज, गुणस्तरीय र नागरिकमैत्री सेवा प्रवाह गर्न आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको