भानुको प्रमुख प्रशासकीय अधिकृतमा भण्डारी

Devghat Online

शेयर गरौ

दमौली, पुस १७

भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गौतम भण्डारी सरुवा भएका छन् । यस अघि गोरखाको पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका भण्डारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भानु नगरपालिकामा सरुवा गरेको हो । भण्डारी बुधबार भानु नगरपालिकामा हाजिर भएका छन् ।

भानु नगरपालिकामा भण्डारीलाई भानुको पहिचान ऐतिहासिक विर्केटोपी लगाएर नगर प्रमुख आनन्दराज त्रिपाठीले स्वागत गरेका थिए । सो कार्यक्रममा उपप्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भानुवासीहरूका लागि थप सहज, गुणस्तरीय र नागरिकमैत्री सेवा प्रवाह गर्न आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक