देवी प्रतिभा देवघाट आउने

Devghat Online

शेयर गरौ

देवघाट, पुस १९

भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन् । देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया उनी यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् । देवी प्रतिभाले आफ्नो फेसबुक पेजमा आफु देवघाटमा हुने महामहोत्सवमा कथा वाचन गर्न माघ १ गतेदेखी ९ गतेसम्म देवघाटमा रहने जनाएकी छिन् ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले