बर्लाचि कृषि सहकारी सस्थाको १४ औ साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

व्यास नपा–८ बर्लाचि स्थित बर्लाचि कृषि सहकारी सस्थाको १४ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष नबिन लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो साधारणसभामा व्यास नपा वडा नम्बर ८ अध्यक्ष युवराज गुरुङ, निवर्तमान वडा अध्यक्ष ओझराज पौडेल, ब्यास नगरकार्यपालिका सदस्य चन्द्रमाया परियार, वडा सदस्यहरु राम प्रसाद मिश्र, बिष्नु माया राना, टोल बिकास सस्थाका अध्यक्ष प्रेमकान्त ओझा, स्थानीय बुद्धि जिवी धर्मराज बगाले, दिननाथ लम्साल, सोमजन प्राविका अध्यक्ष उर्मिला पाहारी लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त सहकारी सस्थाले स्थानीय कृषकका लागि मल, बिउ, पशुपालनका लागि दाना, चोक्कर एवम धान, मकै तथा घासका बिउ बितरण गर्दै आएको सहकारी संस्थाका सचिव ऋषिराम लम्सालले बताए । सस्थाको कार्यक्षेत्र ब्यास ७, ८र ९ मा रहेको छ ।

उक्त कार्यक्रममा २ जना सेयर सदस्य कमल पौडेल र जयन्त साहलाइ सम्मान पत्र र दोसला ओढाइ सम्मान गरिएको थियो । सो कार्यक्रमको सन्चालन सस्थाका सदस्य प्रह्लादचन्द्र लम्सालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को