व्यास नगर कार्यपालिका बैठकः शदिह दिवसमा महिला हाफ म्याराथन प्रतियोगीता सञ्चालन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

व्यास नगरपालिकाले आगामी माघ १६ गते शहिद दिवसको दिन महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले आगामी माघ १६ गते शहिद दिवसका दिन व्यास–३ व्यास गुफाबाट, व्यास–११ तनहुँसुर दरवार सम्मको खुला महिला हाफ म्याराथन प्रतियोगीता सञ्चालन गर्ने गरि उप–प्रमुख इन्दीरा दरैको अध्यक्षतामा मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी पुस २६ गते हुने ४२ औं नगर सभामा पेश गरिने आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ को लागि बैठकमा प्राप्त सुझावहरु समेतको संसोधन प्रस्ताव पेश गर्न राजस्व परामर्श समितिलाई निर्देशन दिने निर्णय गरेको छ । यस्तै नगर सभामा पेश गरिने संसोधीत अन्य विषयगत विधेयक पेश गर्न विधायन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

४१ औं नगर सभावाट आ.व. ०८१÷०८२ का लागि पारित बजेट कार्यक्रममा प्राप्त सुझाबहरु समेटी संसोधीत बजेट कार्यक्रम एवं आय व्यय प्रस्ताव पेश गर्न बजेट तर्जुमा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । आ.व. ०८१÷०८२ को लागत सहभागीताका योजनाहरु सम्बन्धित वडाहरुको सिफारिसमा प्रतिवडा रु १५ लाखका दरले प्रति वडा अधिकतम् ३ वटा न्युनतम् विनियोजन गर्ने गरि कुल ३२ योजनाहरुको निर्णय पनि बैठकले गरेको छ ।

शहरी वडाले २५ प्रतिशत, अर्ध शहरी वडाहरुले २० प्रतिशत र ग्रामिण वडाहरुले १५ प्रतिशत लागत सहभागीता नगर्दै दाखिला गरी योजना सम्झौता गर्न २०८१ माघ १० गते सम्मको समय प्रदान गर्ने निर्णय बैठकले गरेको छ । यस्तै व्यास–५ मानुडकोट खानेपानी योजना सम्बन्धमा उच्च अदालत पोखराको निर्देशनात्मक फैसला अनुसार स्थानीयको पराम्परागत खानेपानीको निरन्तरता हुने गरी योजनाको थप काम अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई र समन्वय गर्न योजना तथा शहरी पूर्वाधार शाखालाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता शुरेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको