सामुदायिक विव्यस महासंघ देवघाटका अध्यक्ष डा.श्रेष्ठद्वारा आदर्श शिक्षा माविको अनगुमन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २२

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवघाटका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले सोमबार देवघाट गाउँपालिका वडा नम्बर २ स्थित आर्दश शिक्षा मावि खाल्टेको अनुगमन गरेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयको पढाइको स्तर घट्दै गएको हुदा सामुदायिक विद्यालयको अनुगमन मार्फत शिक्षाको गुणस्तरमा सुधार गर्न सुझाव र सल्लाहा दिएको डा.श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले आगामी शैक्षिक सत्रबाट देवघाटमा स्नातक तहको क्याम्पस सन्चालन हुने हुँदा अव विद्यार्थीहरुलाई कक्षा १२ उत्तिर्ण भएपछि थप अध्ययनको लागि कहाँ जाने भन्ने चिन्ता लिनु नपर्ने बताए ।

उक्त अवसरमा डा.श्रेष्ठ र कालिका मावि भुपु विद्यार्थी समितिका अध्यक्ष विकास ढकालले मोटिभेसनल सम्बन्धि विषयमा शिक्षक र विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए । उक्त सहजिकरण कक्षामा कक्षा ८,९ र १० का विद्यार्थी र अभिभावकहरुलाइ जम्मा गरि पढाइको स्तरलाइ कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताए ।

सो छलफलमा विद्यार्थीलाई एसइई परिक्षामा कसरी राम्रो नतिजा ल्याउने, विद्यार्थीको पढाइमा कसरी गुस्तर ल्याउने, विषयमा छलफल भएको श्रेष्ठले बताए । उक्त कार्यक्रममा विद्यालयका प्रअ देउराम सारुले मोटिभेसनल कक्षा विद्यार्थीहरुकोलागि निकै उपयोगी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको