अविनाश पन्थद्वारा कर्लुङ आधारभुत विद्यालयमा स्विटर वितरण

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

व्यास नपा-१४ छाब्दीका युवा अभियन्ता अविनाश पन्थले व्यास-१२ स्थित कर्लुङ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरेका छन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा पन्थले ३३ जना विपन्न विद्यार्थीलाई स्विटर वितरण गरेका हुन् । विद्यालयका प्रअ पदम पन्थले न्यानो कपडाले विद्यार्थीहरुलाई धेरै राहत पुगेको बताए ।

युवा अभियन्ता पन्थले विभिन्न विद्यालयमा सहयोग गर्दै आएका छन् । उनले यसअघि विभिन्न विद्यालयमा विभिन्न सहयोग गरेका छन् । कक्षा १२ मा अध्ययनरत पन्थ सानै उमेरदेखि समाजसेवामा सक्रिय भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले