अविनाश पन्थद्वारा कर्लुङ आधारभुत विद्यालयमा स्विटर वितरण

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

व्यास नपा-१४ छाब्दीका युवा अभियन्ता अविनाश पन्थले व्यास-१२ स्थित कर्लुङ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरेका छन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा पन्थले ३३ जना विपन्न विद्यार्थीलाई स्विटर वितरण गरेका हुन् । विद्यालयका प्रअ पदम पन्थले न्यानो कपडाले विद्यार्थीहरुलाई धेरै राहत पुगेको बताए ।

युवा अभियन्ता पन्थले विभिन्न विद्यालयमा सहयोग गर्दै आएका छन् । उनले यसअघि विभिन्न विद्यालयमा विभिन्न सहयोग गरेका छन् । कक्षा १२ मा अध्ययनरत पन्थ सानै उमेरदेखि समाजसेवामा सक्रिय भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक