देवघाट गाउँपालिकाको १५ औं अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस २२

देवघाट गाउँपालिकाको पन्ध्रौ अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङद्वारा प्रस्तुत आर्थिक ऐन प्रथम संशोधन विधेयक र बिनियोजन ऐन प्रथम संशोधन बिधेयकलाई सर्वसम्मतीले पारित गरेको छ ।

आर्थिक ऐन तथा विनियोजन ऐनमा केही संशोधन गर्न आवश्यक भएकोले संशोधन प्रस्ताव प्रस्तुत गरेको उपाध्यक्ष गुरुङले बताए । उपाध्यक्ष गुरुङले संशोधन गरेको प्रस्ताव अनुसार अवदेखी देवघाट गाउँपालिका भित्र बृत्तचित्र र चलचित्र छायांकन शुल्क प्रतिदिन ५ सय लाग्ने भएको छ । उपाध्यक्ष गुरुङद्वारा प्रस्तुत आर्थिक ऐन प्रथम संशोधन बिधेयकको प्रस्ताव सम्बन्धि छलफलमा भाग लिँदै गाउँसभाका सदस्यहरु सरस्वती परियार र बुद्धिमान भुजेलले करको दायरा सुनिश्चित हुनुपर्ने तथा राजश्व चुहावट रोक्नु पर्ने विषयमा धारणा राखेका थिए ।

त्यस्तै उपाध्यक्ष गुरुङद्वारा प्रस्तुत बिनियोजन ऐन प्रथम संशोधन बिधेयकको प्रस्ताव सम्बन्धि छलफलमा गाउँसभाका सदस्यहरु यामबहादुर मगर र पुर्णीमाया गुरुङले भाग लिएका थिए । गाउँसभाको बैठकले उक्त दुबै प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको थियो ।

यस्तै न्यायिक समितिका संयोजक समेत रहेका उपाध्यक्ष गुरुङले चालु आर्थिक वर्ष ०८१÷८२ को साउन १ गतेदेखी पुस २१ गतेसम्मको न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । संयोजक गुरुङका अनुसार यस ६ महिनाको साँधसिमा सम्बन्धी बिबाद २ वटा, जग्गा सम्बन्धि विवाद २ वटा ज्याला सम्बन्धि विवाद १ वटा, निर्माण व्यवसायी सम्बन्धि विवाद १ वटा, र गाली बेईज्यती सम्बन्धि १ वटा विवाद गरि जम्मा ७ वटा उजुरी प्राप्त भएकोमा ४ वटा फस्र्यौट भई ३ वटा बाँकी रहेको छ । न्यायिक समितिले मेलमिलाप कार्य, मध्यस्थता कार्य तथा न्यायिक निरुपणको कार्य गर्दै आएको संयोजक गुरुङले बताए ।

यसैगरि लेखासमितिका संयोजक यमबहादुर मगरले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । गाउँसभाको बैठकमा छलफलमा भाग लिँदै सदस्य बुद्धि बहादुर पान्डेले देवघाट जोड्ने त्रिशूलीको पुल जिर्ण भएको हुदा त्यसको यथाशिघ्र मर्मत हुनु पर्ने तथा उक्त ठाउँमा बेलिब्रिज बनाउनु पर्ने माग गरे । उनले पालिकाले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने तथा बराह माविको जस्तापाता पुरानो भएको हुँदा नयाँ फेनुपर्ने माग गरे ।

त्यसैगरि अर्का सदस्य सुन्दर भुजेलले वडा नम्बर १ को कोटा जोड्ने पक्कीपुल निर्माणको अवस्था के छ भन्ने प्रश्न गरे । उनले भुजेल जातीका विपन्नहरुलाई पनि स्वास्थ्य विमा गर्नुपर्ने, विद्यालयहरुको भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने तथा वडाबाट आएका योजना कार्यान्वयन गर्नुपर्ने माग गरे ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरु पुर्णबहादुर कुँवर र मित्रलाल गुरुङले शुभकामना मन्तव्य राखेका थिए । गाउँपालिकाका अध्यक्ष थापाले गाउँ सभाका सदस्यहरुले उठाएका विषयमा कार्यपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै यसलाई कार्यान्वयनकोलागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती