मानवअधिकार एलायन्सको जिल्ला भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (मानवअधिकार एलायन्स) तनहुँको जिल्ला भेला शनिबार दमौलीमा सम्पन्न भयो ।

मनवअधिकार एलायन्सकी जिल्ला अध्यक्ष सरस्वती सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै मानवअधिकार एलायन्सका केन्द्रीय सचिव रामचन्द्र शर्मा पौडेलले मानवधिकार र सामाजिक न्यायको निमित्त आवाज बुलन्द गर्नु पर्ने बताए । मानवअधिकारको मुद्धामा सबैसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य अनन्तकुमार श्रेष्ठ, मानवअधिकार एलायन्स तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, गन्डकी प्रदेशका सचिव तिर्थ खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन सचिव कविराज श्रेष्ठले र स्वागत उपाध्यक्ष सरस्वती पोख्रेलले गरेकी थिइन् । कार्यक्रममा जिल्ला अध्यक्ष सिग्देलले वार्षीक प्रतिबेदन पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा