सिद्धमाहाकाली मावि देवघाटको ३५ औं वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २८

देवघाट गाउँपालिका–५ स्थित सिद्धमहाकाली माविको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भयो । उक्त वार्षिकोत्सवको देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष कुवँरले विद्यालयमा विद्यार्थी संख्या किन कम भइरहेको छ यस तर्फ विद्यालय व्यवस्थापन समिति र स्थानीय वुद्धिजिवीहरु बसी अनुसन्धान गरि कमि कमजोरीलाइ पत्ता लगाई विद्यार्थीहरुलाई विद्यालयमा भर्ना हुने वातावरण बनाउनुपर्ने बताए ।

उक्त कार्यक्रममा देवघाटधाम जेसिज २०२५ का अध्यक्ष प्रसन्न ढकाल, पुर्व शिक्षक बिनोद मगर, विद्यालयका प्रअ बासुदेव तिवारी, बद्री मिश्र, विष्णुशैया टोलविकासका अध्यक्ष सिताराम अधिकारी, रानीवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती गोविन्द न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सम्झना पण्डितले राखेकी थिइन् भने कार्यक्रमको सन्चालन सहायक प्रअ राजु सत्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र