देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन

Devghat Online

शेयर गरौ

देवघाट, माघ ११

देवघाट महामहोत्सवमा १० दिनसम्म कथा वाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई बिदाइ गरिएको छ ।  देवघाट महामहोत्सवमा बिहिवार एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग बिदा लिएकी थिइन् ।  महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् ।

बिदाइ समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दु धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अनेकौँ स्थानमा कथा वाचन गरिसकेकी छिन्।

सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्। अनुराधाले माघ १७ गतेसम्म कथा वाचन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य