बन्दीपुरमा जलवायु उत्थानशील कार्य शुद्धिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ ११

गैर सरकारी संस्था महासंघ नेपाल तनहुँ शाखाको आयोजनामा शुक्रबार बन्दीपुरमा जलवायु उत्थानशिल कार्य शुद्धिकरणका लागि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजनाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल तनहुँ शाखाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जलवायु परिवर्तनका चुनौतीसँग सामना गर्नका लागि स्थानीय निकायका जनप्रतिनिधिहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै वातावरणीय संरक्षण र विकासलाई सन्तुलित बनाउने खालका कार्ययोजना निर्माणमा जोड दिन आग्रह गरेका थिए ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधिहरू र पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु उत्थानशिलताको अवधारणालाई व्यवहारमा लागू गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

उक्त अवसरमा गैर सरकारी संस्था महासंघ नेपाल तनहुँ शाखाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जलवायु परिवर्तनका प्रभावबाट जोगिन सामूहिक प्रयास आवश्यक रहेको र यस कार्यक्रमले जनप्रतिनिधिहरूलाई थप सचेत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष ध्रुवराज लामिछाने, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, नागरिक समाजका प्रतिनिधि गोबर्धन भट्टराई, सदन श्रेष्ठ लगायतले सचेतनामूलक यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विषयमा मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँ शाखाकी सचिव सरिता थापा भण्डारीले जलवायु उत्थानशिल कार्यका सिद्धान्त, कार्यान्वयनका उपायहरू र चुनौतीहरूबारेमा सहजिकरण गरेकी थिइन् । कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सहसचिव ऋषिकान्त दुवाडीले र स्वागत उपाध्यक्ष सरला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान