कालिका मावि देवघाटको ४६ औँ वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ ११

कालिका मावि देवघाट गाउँपालिका वडा नम्बर-५ क्युदीको ४६ औँ वार्षिकोत्सव बिहिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै गाउँ पालिकाका अध्यक्ष थापाले अहिलेको समयमा प्रतिश्पर्धामा उत्रन प्राविधिक र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, गाउँ पालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साे कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सहायक प्रअ लालमणी पाैडेलले राखेका थिए भने प्रअ इन्द्रदेव तिवारीले विद्यालयको बार्षिक प्रतिबेदन पेस गरेका थिए ।

उक्त अवसरमा विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियाे । साथै कालिका मावि वेलफेयर ट्रष्ट अन्तर्गत विभिन्न ५ जनालाई छात्रवृत्ति प्रदान गरिएको लेखा अधिकृत प्रशन्न ढकालले जानकारी दिए । सो कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक राजु भुर्तेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय