ऋषिङमा एक लाख रुपैयाँ राशीको भलिवल प्रतियोगता हुने

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, माघ १२

ऋषिङ गाउँपालिका–७ अर्खलछाप स्थित ऋषिङ युवा कल्याण क्लवले एक लाख रुपैयाँ राशीको भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवको ३२ औं बार्षिकोत्सवको अवसरमा क्लवले आगामी फागुन २ गतेदेखी शुद्ध वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

क्लवले ऋषिङ गाउँपालिका–७ अर्खलछाप स्थित गैराबारी खेलमैदानमा उक्त प्रतियोगिता गरिने क्लवका अध्यक्ष लालबहादुर आलेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमले फागुन १ गतेसम्म टिम दर्ता गर्नुपर्ने अध्यक्ष आलेले जानकारी दिए । टिम दर्ताकोलागि ८ हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः नगद एक लाख, पचास हजार, तिस हजार र २० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आलेले बताए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर तथा उत्कृष्ट ब्लकरकोलागि पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास