बन्दीपुर, माघ १२
बन्दीपुर गाउँपालिका–१ पिप्ले स्थित चिजकुमार विष्णुकुमारी क्याम्पसको १६ औं वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको छ । उक्त वार्षिकोत्सव समारोहको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरे ।
क्याम्पस सन्चालक समितिका अध्यक्ष सुन्दरलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, क्याम्पसका सन्चालक एवं अक्षयकोषका संस्थापक मानकाजी श्रेष्ठ, क्याम्पसका सल्लाहाकार छविलाल थापा, संस्थापक क्याम्पस प्रमुख एवं अमरज्योती मावि छिर्कनका प्रअ रघुनाथ पण्डित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख माधव पण्डितले वार्षिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा अक्षयकोष छात्रबृत्तीबाट क्याम्पसका १५ जना विद्यार्थीलाई जनही २ हजारको दरले प्रदान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीको रुपमा व्यवस्थापन संकायका साहारा रसाईली र शिक्षाशास्त्र संकायका विवस प्रजापतीलाई तथा प्राध्यापक सम्पान तर्फ सहायक प्राध्यापक बद्रीकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा बन्दिपुर गाउँपालिका–१ का धनबहादुर आलेले आफ्ना माता पिताको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
सो कार्यक्रमको सन्चालन सहायक प्राध्यापक रुद्रबहादुर थापाले र स्वागत मन्तव्य क्याम्पस सन्चालक समितिकी उपाध्यक्ष सरिता पियाले गरेकी थिइन् ।