घिरिङमा निशुल्क आँखा जाँच शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, माघ २०

घिरिङ गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोगमा घिरिङका विभिन्न स्थानमा निशुल्क आँखा जाँच शिविर हुने भएको छ । माघ २३ गते बुधबार वडा नम्बर ५ को कामधेनु माविमा र माघ २४ गते विहिबार वडा नम्बर २ को राष्ट्रिय माविमा निशुल्क आँखा जाँच शिविर हुने भएको हो ।

उक्त शिविरमा आँखा सम्बन्धि समस्याहरुको जाँच गरिने, निशुल्क औषधी वितरण गरिने, मोतीबिन्दु भएका विरामीलाई निशुल्क अप्रेशनको व्यवस्था तथा आँखा कमजोर भएका विरामीलाई निशुल्क चश्मा वितरण गरिने घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए । यस्तै मोतीबिन्दु भएका विरामीलाई वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा माघ २५ गते शुक्रबार निशुल्क अप्रेशन गरिने रिमालले जानकारी दिए ।

घिरिङ गाउँपालिकाले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न किसिमका शिविर सन्चालन गर्दै आइरहेको र विभिन्न कारणले स्वास्थ्य परिक्षण गराउन नसकेका नागरिकलााई लक्षित गरि यस पटक आँखा शिविर सन्चालन गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए । सो शिविरबाट आँखाको समस्या सम्बन्धि जाँच, औषधि बितरण, मोतिबिन्दु भएका बिरामिको सल्यक्रिया, आँखा कमजोर भएकालाई चस्मा बितरण जस्ता सेवाहरु निशुल्क हुने भएकोले घिरिङका सम्पुर्ण नागरिकहरूलाई अनिवार्य सहभागी भई आँखा जाँच गरि लाभ लिन अध्यक्ष थापाले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास