भरतपुर–२ मा एमालेको वडा केन्द्रीत अभियान सुरु

Devghat Online

शेयर गरौ

चितवन, फागुन २

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको वडा केन्द्रीय अभियान सुरु भएको छ । पार्टी केन्द्र र बाग्मती प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन बमोजिम भरतपुर–२ मा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरि पार्टीको वडा केन्द्रीत अभियान शुभारम्भ गरिएको नेकपा एमाले चितवनका सदस्य एबम वडा इन्चार्ज साथै अभियानको सह–उत्प्रेरक नवराज ढकालले बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एबम् निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज कृष्णभक्त पोखरेलले संगठन निर्माणमा सबै लाग्न अनुरोध गर्दै पार्टी प्रति भई रहेको प्रहारलाई सबै मिलेर निस्तेज पार्नु पर्ने बताए । उनले एमाले कै कारण नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको र एमाले कै कारण समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकता रहेकोले एकताबद्ध रही आगामी चुनावमा एमालेको एकल बहुमतको सरकार निर्माण गर्न आजै देखि योजनाबद्ध भएर लाग्नुपर्ने बताए ।

वडा उत्प्रेरक पूर्ण बहादुर श्रेष्ठलकाृ अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटीका सचिवालय सदस्य कृष्ण केसी, जिल्ला सदस्य एबम वडा इन्चार्ज साथै अभियानको सह उत्प्रेरक नवराज ढकाल लगायतले तीन महीने वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ मा गर्नु पर्ने कार्यको बारेमा अवगत गराउँदै पार्टी निर्माणमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्ता पंक्ति लाई अनुरोध गरेका थिए ।

उक्त कार्यक्रमको सन्चालन वडा कमिटिका उपसचिव सुरज सापकोटाले गरेका थिए भने धनकुमारी विकले स्वागत मन्तव्य राखेकी थिइन् । सो कार्यक्रममा पार्टीका केन्द्रिय जनसँगठन पदाधिकारी तथा सदस्य जिल्ला जनसँगठनका अध्यक्ष, पदाधिकारी एबम् सदस्य, महानगर कमिटीका सदस्यहरु, जनप्रतिनिधि तथा वडाका एमालेका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय