काममा फर्किए बन्दीपुरका कर्मचारी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ८

वडा नम्बर ६ का वडा सचिव नविन भुषालमाथी कार्यस्थलमै आक्रमण भएको भन्दै विरोधमा उत्रिएका बन्दीपुर गाउँपालिकका कर्मचारी काममा फर्किएका छन् । गत सोमबार वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव भुषालमाथी हातपात गरेको भन्दै सो को विरोधमा बन्दीपुर गाउँपालिकाका कर्मचारीले सोही दिन देखी अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेका थिए ।

कर्मचारीहरुको हड्तालको कारण बन्दीपुर अस्पतालको ओपिडी सेवा बन्द हुँदा विरामीहरुले उपचार नपाएको तथा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा अन्य समुदायको सामाजिक सुरक्षाको कार्यक्रम समेत प्रभावित भएको भन्दै जनस्तरबाट चर्काे विरोध भएपछि कर्मचारीरुले विहिबार हड्ताल टुङग्याई काममा फर्किएका छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विहिबारबाट गाउँपालिका कार्यालय तथा सम्पुर्ण वडा र सम्पुर्ण स्वास्थ्य चौकीको सेवा समेत पुवर्वत अवस्थामा सन्चालन भएको बताए । अध्यक्ष थापाले पीडित भएका भनिएका वडा सचिवलाई शुक्रबारबाट काममा फर्कन आह्वान गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको