कालिका मावि देवघाटको प्रअमा खनाल

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ८

देवघाट गाउँपालिका–५ स्थित कालिका माविको प्रधानाध्यापकमा सरदचन्द्र खनाल नियुक्त भएका छन् । विद्यालयको प्रअ छनौट समितिको सिफारिस एवं विद्यालय व्यवस्थापन समितिको गत फागुन ७ गतेको निर्णय अनुसार खनाल प्रअ नियुक्त भएका हुन् ।

खनाल सोही विद्यालयको माध्यमिक तह प्रथम श्रेणीका शिक्षक हुन् । यस अघिका प्रअ इन्द्रदेव तिवारीले प्रअबाट राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको प्रअ छनौट समितिको सिफारिस पछि विव्यसले खनाललाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो ।

प्रअ खनालको नेतृत्वमा कालिका माविले हालसम्मको भन्दा अझ उत्कृष्ट नतिजा निकाल्ने र शैक्षिक गुणस्तर सुधार्ने अपेक्षा लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास