मुग्लिङ–पोखरा सडकको चुनपहरामा आंशिक रुपमा सडक बन्द हुने

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ८

मुग्लिङ–पोखरा सडक योजनाको पूर्वीखण्ड अन्तर्गत बन्दीपुर गाउँपालिका–४, चुनपहरास्थित सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि यातयात व्यवस्था कार्यालय विमलनगर देखी नयाँपुलसम्म करिव ५०० मिटर सडक खण्ड शुक्रबारबाट एक महिनासम्म आंशिक रुपमा बन्द हुने भएको छ ।

चैत ९ गतेसम्म आवश्यकता अनुसार समय–समयमा ४५ मिनेट देखि १ घण्टा सम्मका लागि उक्त खन्ड बन्द गरिने मुग्लिङ–पोखरा सडक योजनाको पूर्वीखण्डले विहिबार सुचना प्रकाशित गरि जानकारी दिएको छ ।

यसरी आंशिक रुपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग (बिमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्नुहुन र ठुला सवारी साधनहरुले सवारी रोक्दा, सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन, सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्नुहुन आयोजनाले अनुरोध गरेको छ ।

आकस्मिक अवस्थामा अत्यावश्यक सवारी साधनहरुलाई विशेष व्यवस्था गरी सवारी आवागमन सहज गराईने पनि आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र