कालीगन्डकी डाइर्भसनको बारेमा देवघाटमा सरोकारवालाहरु विच अन्तरक्रिया हुने

Devghat Online

शेयर गरौ

देवघाट । फागुन १२

कालीगन्डकी डाइभर्सनको बारेमा मंगलबार देवघाटमा सरोकारवालाहरुको विचमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कालीगन्डकी नदीको संरक्षण र कालीगन्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा देवघाटबासीहरुसँग छलफल गर्ने उद्देश्यले नेपाल सन्त समाजको आह्वानमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

गलेश्वर आश्रम परिससरमा विहान ११ बजे हुने उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारीको उपस्थिती रहने जनाईएको छ । कालीगण्डकी डाइभर्सनका विषयमा स्थानीयले उठाएको मागको विषयमा सांसद भण्डारीले जानकारी लिने बताईएको छ ।

कालीगण्डकी नदीलाई संसारभरका हिन्दु सनातनीहरूको साँस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न तथा कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्न, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्वाध उपलब्धतामा बाधा व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको कार्य र संघीय सरकारबाट प्रस्तावित कालीगन्डकी डाइभर्सनको योजनाको देवघाट गाउँपालिकाबासीले विरोध गर्दै आएका छन् ।

कालीगन्डकी डाइभर्सन भएमा देवघाटको अस्त्वि समाप्त हुने भन्दै देवघाटबासीले उक्त योजना रद्ध गर्न माग गर्दै आएका छन् । दोमदरकुण्डबाट बग्दै आएको कालीगन्डकी नदी र गोसाईकुण्डबाट बग्दै आएको त्रिशुली नदी देवघाटमा मिल्छ । उक्त दुई नदीको संगम रहेको स्थान देवघाटमा विभिन्न धार्मिक पर्वहरुमा ठुलो मेला लाग्नेगर्छ । कालीगन्डकी डाइभर्सन भएमा कालीगन्डकी नदी खण्डहर हुने र देवघाटको धार्मिक अस्तित्व समेत समाप्त हुने देवघाटबासीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती