आबुखैरेनीले मनायो स्थापना दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

स्थानीय तहको स्थापना दिवसको अवसरमा मंगलबार आबुँखैरेनी गाउँपालिकाले शुभकामना तथा सम्मान कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रमको राष्ट्रिय सभाकी सांसद सत्ता पक्ष दलका मुख्य सचेतक भगवती न्यौपानेले उद्घाटन गरिन् ।

उक्त अवसरमा बोल्दै सांसद न्यौपानेले अहिले विभिन्न प्रतिक्रियाबादी शक्तिहरुले संघीयता र यसका उपलब्धीहरु खोस्ने षड्यन्त्र गरेको भन्दै त्यसको विरुद्धमा सबै राजनीतिक दलहरुले संयुक्त रुपमा प्रतिबाद गर्नुपर्ने बताए । संघीयताको उपलब्धी स्वरुप अधिकार सम्पन्न स्थानीय तहहरु निर्माण भएको भन्दै न्यौपानेले स्थानीय तह मार्फत सिंह दरबारको अधिकार गाउँगाउँमा पु¥याईएको बताइन् ।

आबुँखैरेनी गाउँपालिकाले निकै राम्रो कार्यसम्पादन गरेको भन्दै न्यौपानेले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार र पर्यटनमा आबुँखैरेनीले गरेको प्रगति लोभलाग्दो र अन्यपालिकाले पनि अनुशरण गर्नुपर्ने खालको भएको बताइन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक