देवघाटले मनायो गाउँपालिकाको स्थापना दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

स्थानीय तहको स्थापना दिवसको अवसरमा मंगलबार देवघाट गाउँपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताए । जनताको आवश्यकताको सम्बोधन गरि सुखी र समृद्ध गाउँपालिका निर्माणमा सबैको सहयोग हुनुपर्ने अध्यक्ष थापाले बताए । स्थानिय तहले उत्पादन गर्ने र स्थानिय तहले यहाँको महत्वलाई पहिचान गरि परिचालन गर्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले स्थानिय तह सुरुवात भए देखि स्थानिय तहमा सरंचनाहरु वनिरहेको भन्दै विकासका कामहरु अगाडि बढिरहेको बताए । सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा दिनुपर्ने गुरुङले बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले राज्यले गरेको परिकल्पनालाई सबैले आफ्नो अधिकार र कर्तव्य पालना गर्दै जान पर्ने बताए । देवघाट गाउँपालिका प्रशासकिय अधिकृत दिनेश सारुले सविधानले परिकल्पना गरेको व्यवस्थापनलाइ अबस्थामा परिवर्तन गररिहेको बताए ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्ययक्षतामा भएको उक्त कार्यक्रममा डिभिजन वान कार्यालय तनहुँका निमित्त डिभिजन वन अधिकृत सरद कुमार अधिकारी, देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर ४ का मित्रलाल गुरुङ, सशस्त्र प्रहरी निरीक्षक मनिस थापा, इलाका प्रहरी कार्यालय देवघाट प्रमुख उदयराज पौडेल, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक