वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन २७

डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलबार देवघाटमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वन डढेलो रोकथाममा सामुदायिक वनका पदाधिकारीको महत्वपुर्ण भुमिका हुने बताए । उनले वन डढेलो लगाउने कार्यमा संलग्नलाई हुने कानुनी कारवाहीलाई कडाईका साथ कार्यान्वयन हुनु पर्ने बताए । डढेलो नियन्त्रणसँगै वन संरक्षणमा उपभोक्ताहरुको महत्वपुर्ण भुमिका हुने अध्यक्ष थापाले बताए । चैत र बैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वातावरणीय प्रभावमा असर पर्ने हुँदा सबैले सावधानी अपानाउनुपर्ने उनले बताए ।

वन ऐनमा रुख काट्न नपाउने बाटो खोल्न नपाउने जस्ता नियमहरु रहेको भन्दै अध्यक्ष थापाले वन मन्त्रालयमा गएर मन्त्रीहरुसँग कुरा गर्न जादा वन मन्त्रीहरुले समय नदिने भेट भएपनि समस्याको समधान नगर्दिने थापाले बताए । अध्यक्ष थापाले गाउँपालिकालाइ १० प्रतिशतको कर तिर्न सामुदायिक वनका पदाधिकारीहरुलाई आग्रह गरे । सामुदायिक वन भित्र रक्तन्दन तथा फलफुलहरु सुन्तला कागती, कटहर, बेलाउती जस्ता फलफुल रोपेर रुख काटेर बेच्नु भन्दा दोवर आम्दानी गराउन सक्ने थापाले बताए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले डढेलो नियन्त्रणका लागि सेचतनामुलक कार्यक्रमसँगै कानुनी कारवाहीको प्रक्रियालाई पनि सँगसँगै लैजानुपर्ने बताए । वन डढेलो सम्बन्धि सचेतनाको सुचना सन्चार माध्यम मार्फत सम्प्रेषण गर्न उनले सामुदायिक वन समुहलाई अनुरोध गरे ।

देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले वन डढेलो सम्बन्धि सचेतना फैलाउने कार्यक्रमहरु सामुदायिक वनले गर्नु पर्ने बताए । सामुदायिक वनहरुले आफुलाइ चाहिने साम्रागीहरु आफैले व्यवस्थापन गरि पुर्व तयारीमा बस्न गुरुङले अनुरोध गरे । जसकारण डढेलो नियन्त्रण गर्न सहज हुने गुरुङले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै देवघाट गाउपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश सारुले वन डढेलो अहिलेको मुख्य चुनौती भएको भन्दै डढेलो लागेपछि भन्दा पनि लाग्नु अघि नियन्त्रण गर्न र लाग्न नदिन विशेष ध्यान दिन पर्ने बताए ।

उक्त कार्यक्रममा सहजिकरण गर्दै सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णराज भट्टले सयांै वर्ष गरि हुर्काएको रुखलाई आगोलागीले क्षणभरमै नष्ट गर्ने बताए । वन डढेलो नियन्त्रण गर्नु अत्यावश्यक रहेको भन्दै भट्टले डढेलोले कयौं वनहरु नष्ट हुन्छ भने घर परिवार समेत तहसनहस भएको हुन्छ यसकारण वन डढेलो लाग्न नदिन आजको आवश्यक रहेको बताए ।

कार्यक्रममा उनले वन डढेलो हुनुको कारण, वन डढेलो भए पछि पार्ने प्रभावहरु र नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएका थिए । गण्डकी प्रदेश मध्येमा देवघाटमा बढी वन डढेलो हुने गरेको भन्दै भट्टले २०८० सालको तथ्यांक हेर्दा वन डढेलोबाट देशभरमा एक वर्षमा ११३ जनाको ज्यान गएको र ५१९ जना घाइते भएको बताए । डढेलोको घटना ४३१२ र पुर्वाधारमा क्षती २ अर्व ४० करोड भएको भट्टले बताए ।

डिभिजन वन कार्यालय तनहुँका निमित्त प्रमुख शरद कुमार अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय पालिका महासंघका अध्यक्ष प्रविण कार्की, कालिका सामुदायिक वनका उपभोक्ता उमेश नैनावस्ती, सिता सामुदायिक वन समुहका अध्यक्ष कृष्णराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक