स्ववियु निर्वाचनः जनज्योती क्याम्पस भिमादमा एमाले अखिल विरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

तनहुँको भिमाद नगरपालिका स्थित जनज्योती क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको विरुद्ध नेपाली काँग्रेस निकट नेविंसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेका छन् ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि मंगलबार उम्मेदबारी दर्ता भईसकेको छ । अनेरास्ववियुले एकल उम्मेदबारी दर्ता गरेको छ भने नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा उम्मेदबारी दर्ता गरेका हुन् ।

अनेरास्ववियुबाट सभापती विप्लव भण्डारी, सचिवमा अस्मिता क्षेत्री, कोषाध्यक्षमा यसुमाया थापा तथा सदस्यहरुमा सुजन पौडेल, विष्णु उच्चै, ममता सिग्देल, सविना खातुन मियाँ र विनिता रसाईलीले उम्मेदबारी दिएका छन् । अनेरास्ववियुको समानुपातिक सुचिमा देव्यानी थापा, फुलमाया विक, विशाल भण्डारी, भलमाया गुरुङ, प्रविना श्रेष्ठ, प्रदिप लम्साल, पुष्पा श्रेष्ठ र विन्दु विक रहेका छन् ।

त्यसैगरि नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतीमा अमृत गैह्रे, सचिवमा दिपा राना र कोषाध्यक्षमा काशिका राना तथा सदस्यहरुमा सृजना विक, रचना विक, दिविसा राना, बिनिता सार्की र कमल श्रेष्ठले उम्मेदबारी दिएका छन् । त्यस्तै समानुपातिक सुचिमा निशा भुजेल, इशा अर्याल, पविना श्रेष्ठ, सृष्टि विक, प्रतिभा थारु, सलिना थापा, करिष्मा नेपाली, सविना चौधरी, डिम्पल आले र शोभा थापा रहेका छन् ।

अनेरास्ववियुका जिल्ला संयोजक विशाल ढकालले जतिवटा संगठनको गठबन्धन भएपनि जनज्योती क्याम्पसमा अनेरास्ववियुको जित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को