ज्ञानेन्द्रलाई गिरफ्तार गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अभियान

Devghat Online

शेयर गरौ

काठमाडौं, चैत १६

चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेका हिंसा, लुटपाट, तोडफोड र आगजनीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोषी ठहर गर्दै सामाजिक सञ्जालमा पक्राउ गर्न आवाज उठेको छ।

ज्ञानेन्द्रलाई गिरफ्तार गरी कारबाहीका लागि सामाजिक सञ्जालमा ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र अभियान सञ्चालन गरिएको हो।

राजसंस्था पुनस्स्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा आयोजना गरिएको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गरिएका थिए।

त्यस क्रममा एक पत्रकारसहित दुई जनाको ज्यानसमेत गयो। दर्जनभन्दा बढी भवनमा तोडफोड, आगजनी गर्नाका साथै भाटभटेनीलगायत व्यापारिक प्रतिष्ठानमा लुटपाटसमेत गरिएको थियो। राजावादीको अराजक झुन्डले सञ्चारगृह, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौँ सवारीसाधनमा तोडफोड र आगजनी गरेको थियो।

उक्त प्रदर्शनका प्रमुख योजनाकार ज्ञानेन्द्र शाह नै भएको भन्दै सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न अभियान चलाइएको हो।

तीनकुनेमा हिंसा गर्न भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणासहित सय जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सबै स्थानीय तहमा हस्ताक्षर, सेतो रिवन वितरण र प्रभातफेरी

तनहुँ । मंसिर ९ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

तनहुँ । मंसिर ९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा