तनहुँ रामकोट भट्टराई समाज चितवनको साधारणसभा तथा अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

चितवन, चैत १६

तनहुँ रामकोट भट्टराई समाज चितवनको चौंथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिबार भरतपुर मनपा–७ मा सम्पन्न भयो । समाजका जेष्ठ सदस्य शशिधर भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले आगामी २ बर्षको लागि नारायणप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा प्रकाश भट्टराई, सचिवमा लक्ष्मिराज भट्टराई र कोषाध्यक्षमा सुदिप भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मिकुमारी भट्टराई, पार्वती भट्टराई र जमुना केसी भट्टराई चयन भएका छन् । समाजको सल्लाहाकारहरुमा चन्द्रकान्त भट्टराई, शशिधर भट्टराई, रामचन्द्र भट्टराई, बद्रीनारयण भट्टराई र चिरन्जिवी भट्टराई चयन भएका छन् ।

तनहुँको बन्दिपुर गाउँपलिका–३ को रामकोट मुलथलो भई हाल चितवनका विभिन्न स्थानमा बसोबास गर्ने भट्टराईहरुले संगठित अभियान सन्चालन गर्न २०७७ सालमा तनहुँ रामकोट भट्टराई समाज चितवन गठन गरेका थिए ।

उक्त साधारणसभामा समाजका संस्थापक अध्यक्ष बद्रि प्रसाद भट्टराईको फागुन २३ गते भएको असामयिक निधन प्रति शोकप्रस्ताव पारित गरेको छ । सो कार्यक्रमको सन्चालन सचिव प्रकाश भट्टराईले गरेका िथए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि