बुधबारबाट शिक्षकहरुको काठमाडौं केन्द्रीत आन्दोलन

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १९

नेपाल शिक्षक महासंघको आह्वानमा बुधबारबाट शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघ र सरकार बिच विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन सरकारलाई दवाव दिने उद्देश्यले शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन् । शिक्षक कर्मचारीको पेसागत माग सम्बोधनसँगै गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज उठाउन आन्दोलन गर्न लागएको शिक्षक महासंघले जनाएको छ ।

२०८१ माघ २० गतेबाट आन्दोलन गरेको र यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरु सफलताकासाथ सम्पन्न भएको भन्दै महासंघले पहिलो चरण अन्तर्गतको अन्तिम कार्यकमको रुपमा गत फागुन २४ काठमाडौंमा जुलुश तथा विरोध सभा सम्पन्न गरेको जनाएको छ ।

दोस्रो चरण अन्तर्गत गत फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरुको केन्द्रीय कायर्यालयमा धर्ना गरिएको र गत चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न गरिएको महासंघले जनाएको छ ।
दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रुपमा चैत २० गतेबाट ‘काठमाडौ जाऔं’ अभियान अघि बढाइएको भन्दै महासंघले यस अन्तर्गत् देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने बताएको छ ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रक्तिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

यसैगरि नेपाल शिक्षक महासंघ तनहुँले जिल्लाका सबै शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । नेपाल शिक्षक महांसघ केन्द्रीय समितिको आह्वानमा चैत २० गते देखि काठमाडांै केन्द्रीत सडक आन्दोलन तय भएको भन्दै उक्त आन्दोलनमा सबै शिक्षक तथा कर्मचारीहरु ‘मेरो आन्दोलन, मेरो सहभागिता’ भन्ने मान्यताका साथ अघि बढदै आन्दोलन सफल बनाउन महासंघ तनहुँले जनाएको छ ।

महासंघ तनहुँका अध्यक्ष चन्द्रमणी कोईराला र सचिव विजय आचार्यले जारी गरेको विज्ञप्तिमा आन्दोलन सफल बनाउन तनहुँ जिल्लाका १० वटै स्थानिय तहमा रहेका नेपाल शिक्षक महांसघ कार्यसमितिसँग समन्वय गरी आर्थिक संकलन कार्य देखी काठमाडौ केन्द्रीत आन्दोलनमा सक्रिय सहभागीताका लागी तनहुँ जिल्ला अन्तर्गत विद्यालयका सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरुलाई अनुरोध गरिएको छ । सडक आन्दोलन अवधिभर सरकारद्वारा सन्चालित तालिम, गोष्ठी, एसइई उत्तरपुस्तिका परिक्षण लगायतका काममा सहभागी नहुन पनि महासंघले सम्पुर्ण शिक्षकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय