म्याग्देमा एक्सरेद्वारा छाती रोग सम्वन्धि खोजपड्ताल शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १९

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना तथा म्याग्दे गाउँपालिकाको सहआयोजनामा एक्सरेद्वारा छाती रोग सम्वन्धि खोजपड्ताल सम्बन्धि शिविर हुने भएको छ ।

यही चैत २६ गते थर्पु आधारभुत अस्पतालमा हुने उक्त शिविरमा छाती सम्वन्धी कुनैपनि समस्या भएका नागरिकहरु उपस्थित भई स्वास्थ्य लाभलिनुहुन म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अनुरोध गरेका छन् ।

शिविरमा ५० बर्ष माथिका सम्पुर्ण नागरिकहरु, ईट्टा भट्टामा काम गर्ने कामदारहरु, ज्यालामजदुरी गरि जिवन यापन गर्ने नागरिकहरु, दिर्घकालिन रोग जस्तै दम, मधुमेह, एच आई.भी एड्स आदिबाट पीडित नागरिक र निरन्तर रुपमा खोकी लागि रहने व्यक्तिहरुले लाभ लिनसक्ने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय