विष्णु मगर । देवघाट, चैत २३
नेकपा एमाले देवघाट गाउँ कमिटिको आयोजनामा पार्टी र जनप्रतिनिधिको विचमा बृहत अन्तरक्रिया शुक्रबार वडा नम्बर १ को कोटामा सम्पन्न भयो । एमालेबाट निर्वाचित जनप्रतिनिधि र पार्टी विचमा अन्तरक्रियाको माध्यमबाट जनप्रतिनिधिले कस्तो जनतामा काम गरेको छ र जनप्रतिनिधि र पार्टीको सदस्यहरुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा जानकारी गराउन र अन्तरक्रियाको माध्यमबाट पार्टीकाको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।



उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सल्लाहकार परिषदका सदस्य शिवराज पौडेलले नेकपा ऐमाले नेतृत्व हुँदा देवघाटमा धेरै राम्रो काम भएको भन्दै अहिले ति सबै कामहरु अवरुद्ध भएको बताए । देवघाटमा इतिहास बाट नै नेकपा एमाले जनताको पक्षमा र समाजको विकासमा अहोरात्र खट्दै आएको र काम गर्दै आएको पौडेलले बताए । अव २०८४ को निर्वाचनमा देवघाटमा एमालेको नेतृत्व हुने गरि अहिले बाट नै काम गर्नुपर्ने पौडेलले बताए । पार्टीका नेता र जनप्रतिनिधि विच समन्वय र सहकार्य गरि काम गर्नुपर्ने पौडेलले बताए ।
नेकपा एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले पार्टीवाट निर्वाचित सदस्यले जनताको काम गर्न कन्जुस गर्न नहुने बताए । गाउँपालिकाले जनविरोधी काम गर्न लागेमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले त्यसलाइ खवरदारी गर्ने र जनता समक्ष उक्त कुरा पु¥याउनुपर्ने न्यौपानेले बताए ।
नेकपा एमाले जिल्ला कमिटिका सदस्य सुकुलाल गुरुङले मिसन ८४ को लागि अहिले देखी नै गृहकार्य गर्नुपर्ने बताए । उनले खेलकुद विकास समितिको अध्यक्ष हुँदा कोटामा भएको रङ्गशालाको स्वरुप बनाइदिएको र करोड भन्दा बढि खर्च गरेको भन्दै तर अहिले त्यसलाई निरन्तरता नदिई रंगशाला अलपत्र पारिएको बताए । देवघाटमा एमाले प्रतिपक्ष भएपनि जनताको विकासको काममा सँधै रहेको गुरुङले बताए ।
देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सँधै इमानदारीका साथ काम गर्दै आएको तर गाउँपालिकाकाको नेतृत्वले बजेट विनियोजनमा विभेद गरेको बताए । उनले पार्टी र जनप्रतिनिधिहरु नङ र मासु भई अगाडि बढ्न पर्ने भन्दै अब नेकपा एमालेका साथिहरु एकआपसमा मिलेर अगाडि बढ्न सके २०८४ मा अबस्य सफल हुने बताए ।
वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले जनताको मन जितेर नै आफु वडा अध्यक्ष भएको भन्दै अहिले पनि कामको आधारमा जनताको मन जितेको बताए । देवघाटमा धेरै विकृति विसङ्गति रहेको भन्दै उनले अव आफुहरुले खवरदारी गर्ने बताए । २०८४ को निर्वाचनमा देवघाटमा नेकपा एमालेको नेतृत्वलाई बिजयी गराउन आफुहरु जनप्रतिनिधिको रुमपा खट्ने र पार्टीका नेताहरु पनि सोही अनुसार लाग्नुपर्ने उनले बताए । कार्यपालिकामा आफुहरु अल्पमत भएको कारण एमालेका जनप्रतिनिधिको कुरा गाउँपालिकामा सुनुवाई न नहुने उनले बताए । २०८४ मा नेकपा एमालेको बिजयीपछि देवघाटको मुहार फेर्ने गरि काम गर्नुपर्ने उनले बताए ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी विचमा अन्तरक्रियाको माध्यमबाट जनप्रतिनिधिले कस्तो जनतामा काम गरेको छ र जनप्रतिनिधि र पार्टीको सदस्यहरुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
गाउकमिटिका उपाध्यक्ष भोजराज नैनावस्तीले जुन पार्टीले जिताएको छ त्यो पार्टीको लागी कति काम गर्याे र त्यो पार्टीको लागि कति न्याय दियो भन्ने कुराले मिसन ८४ मा पार्टीको अवस्था के हुने भन्ने निर्धारण हुने बताए ।
नेकपा एमाले वडा नम्बर ४ कमिटिका अध्यक्ष नर वहादुर गुरुङले चुनावको लहरमा हिजो भोट माग्दै जादा जनताको माझ गरेको प्रतिवद्धतालाई पूरा गर्नलाग्नुपर्ने बताए । विगतको समिक्षा गरेर अगाडी बढ्दा भविष्यमा सफल हुने उनले बताए । वडा न १ का वडा कमिटका अध्यक्ष थम वहादुर थापाले वडा नम्बर १ मा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेको बताए ।
नेकपा ऐमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन गाउँ कमिटिका सचिव शान श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा देवघाटबाट प्रतिनिधित्व गर्ने नेकपा ऐमालेका जिल्ला कमिटि सदस्य गाउँकमिटिका सदस्य, गाउँ कमिटिका पदाधिकारी र सदस्य तथा नेकपा एमालेबाट देवघाट गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।












