बन्दीपुरमा बैशाख १ देखि रैथाने खानाको बजार ‘घुमाउने घर’ सन्चालनमा आउने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

पाहाडकी रानी पर्यटकिय ग्राम बन्दीपुर जाने केवलकारको बटम स्टेशनमा सुन्दर पर्यटकीय बगैचाको बिचमा रैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि ‘घुमाउने घर’ २०८२ बैशाख १ गते देखि सन्चालनमा आउने भएको छ ।

मुख्य गरि मगर संस्कृतिलाई प्रबर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरुमा केन्द्रित गर्दै सेवा शुरु गरिन लागेको छ । साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरु समेत उपलब्ध गराउने ‘घुमाउने घर’ रेस्टुरेन्टका व्यवस्थापक श्री माया थापा मगरले बताए ।

बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरुलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरु पस्कने ‘घुमाउने घरले’ जनाएको छ । साथै आकर्षक घुमाउने घर, परम्परागत घरहरु र कटेजहरुले सुन्दर रुपमा खाना बजारको झल्को दिने गरि सजावट गरिएको छ ।

घुमाउने घर बैशाख १ गते बाट शुभारम्भ भएपनी औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ । रैथाने खाना बजार बनाउनको लागी बन्दीपुर केवलकारसँग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता गरि यो रैथाने रेस्टुरेन्ट ‘घुमाउने घर’ सन्चालनमा आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता