व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

देशै भरका स्थानीय तहमा बैशाख १ गतेदेखी देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । उक्त व्यक्तिगत घटना दर्ता सप्ताह बैशाख ७ गतेसम्म चल्ने छ ।

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईंसराई जस्ता व्यक्तिगत घटनाहरु घटना घटेको पैंतीस दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गर्न र गराउन सरकारले व्यक्तिगत घटना दर्ता सप्ताह मनाएको हो ।

बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी र नाबालक परिचयपत्रको बनाउन, बैंकमा खाता खोल्न र राज्यबाट प्राप्त हुने अन्य सेवा लिन तथा आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि पनि व्यक्तिगत घटना दर्ता गर्नु अनिवार्य हुन्छ । व्यक्तिगत घटना दर्ता गर्नु गराउनु सबै नागरिकको कर्तव्य हो । व्यक्तिगत घटना घटेको पैंतीस दिन भित्र व्यक्तिगत घटना दर्ता गरि जिम्मेबार नागरिकको परिचय दिन सरकारले सबैमा अनुरोध गरेको छ ।

प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । व्यक्तिको पहिचानको कानूनी आधार भएकाले, सेवा प्राप्ती गर्ने कानूनी आधार भएकाले, राज्यको नीति निर्माण तथा योजना तर्जुमाकालागि तथ्यांक प्राप्त गर्ने आधार भएकाले यो अनिवार्य भएको हुँदा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र निःशुल्क वा त्यसपछि बिलम्ब शूल्क तिरी दर्ता गराउन सकिने सरकारले जनाएको छ ।

व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा त्यसैगरि संघ, प्रदेश वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित सस्थाका वहालबाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भएर अन्य व्यक्तिगत घटना दर्ता गर्नुपर्ने भएमा कार्यालयको सिफारिसका आधारमा कार्यालय रहेको स्थानको वडा कार्यालयमा पनि घटना दर्ता गर्न सकिन्छ । सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न सूचक आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको स्पष्ट परिचय, उमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता