जन्मदिनमा सिद्धान्तले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, बैशाख २९

शिक्षक तथा जनजाती नेता सिद्धान्त गर्जा मगरले आफ्नो जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । उनले गत बैशाख २७ गते आफ्नो जन्मदिनको अबसरमा बन्दीपुर गाउँपालिका–६ स्थित सेतीगंगा आधारभुत विद्यालयका ६८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । गर्जा मगर उक्त विद्यालयको प्रअ समेत हुन् ।

जन्मदिनलाई फजुल खर्च गरेर मनाउने परम्परा त्याग्नुपर्छ भन्ने मान्यताले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको गर्जामगरले बताए ।

गर्जामगरले शान्ति र क्रान्तिको परिकल्पना सहित सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन् । तनहुँको दक्षिणी भेगको विकासको काममा उनले नेतृत्व गर्दै आएका छन् । समाजमा बसे पछि आफ्नो ज्ञान बुद्धि विवेक क्षमताले भ्याए सम्म समाज रुपान्तरणमा लाग्नुपर्ने मगरले बताए ।

पछिल्लो समयमा आफुले सक्ने सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको उनले बताए । हरेक व्यक्तिले आफुसँग भएको क्षमताको सदुपयोग गर्ने हो भने समाज बन्नको लागी समय नलाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता