सुनमा लगाईएको कर खारेज गर्नुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीको विरोध प्रर्दशन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

सुनमा लगाईएको २ प्रतिशत बिलाशिता कर र बहुमुल्य हिरामा लगाईएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीहरुले विहिबार दमौलीमा विरोध प्रर्दशन गरेका छन् ।

उनीहरुले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने माग गरेका थिए ।

सुनचाँदी व्यवसायी संघको कार्यालयबाट प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालयमा गएका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनचाँदी व्यवसायी संघ तनहुँ र सुनचाँदी रत्न आभुषण संघ तनहुँले विहिबार नै पत्रकार सम्मेलन गरि सरकारले थोपरेको कर र भ्याटले सर्वसाधरण नै मारमा पर्ने भन्दै उक्त कर खारेज गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा सुनचाँदी व्यवसायी संघ तनहुँका अध्यक्ष हरि गहतराजले सरकारले बजेट भाषण मार्फत ल्याएको कर सम्बन्धी नीति खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

नागढुंगा सुरुङमार्गमा मेरो भूमिकाः एउटा अविस्मरणीय यात्रा

इन्जिनियर श्रीराम न्यौपाने नेपालको पूर्वाधार विकासको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनामा प्रत्यक्ष

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच