नेपाली चलचित्र ‘परी’ को भानुमा छायांकन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

गोविन्द गौतमको लेखन तथा निर्देशन रहने नेपाली कथानक चलचित्र ‘परी’ को छायांकन तनहुँको भानु नगरपालिकाको विभिन्न स्थानमा हुने भएको छ । यही जेठ ३१ गतेबाट असार ९ गते सम्म भानु नगरपालिकाको चुँदी आसपासका बाङ्गेरह, पन्चनगर, अधिकारी गाँउ, चन्द्रावरी विद्यालय परिसर लगायतको ठाँउहरुमा छायाङ्कन हुने भएको छ ।

फिल्मका मुख्य कलाकार किरण केसी (रातामकै), दिनेश डिसी ,दीपाश्री निरौला, प्रियङ्का कार्की, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहनेछ ।

बाबु श्रेष्ठको छायाङ्कन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सङ्गीत दीपक शर्मा र विकास चौधरीको रहनेछ । फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्ले रहेका छन् ।

फ्लिम निर्देशक निर्माताको टिमले सहजिकरणका लागि भानु नगर पालिकाका प्रमुखसँग समन्वय गरिसकेको छ भने ७० भन्दा बढि चलचित्रको टिम शनिबारसम्म भानु आइपुग्नेछ भने अभिनयका लागि स्थानिय युवा क्लब, आमा समुह,टोलबिकास संस्थासँग समन्वय भइरहेको छ । चलचित्रको शुभसाइत जेठ ३१ गते भानु–५ बाङ्गेरह कालिका मन्दिरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण