स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । असार १

तनहुँमा आईतवार दिउँसो भएको स्कुटर दुर्घटनामा एकको मृत्यु भएको छ ।

व्यास नपा-१२ कमलबारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग २५ प ४१३ नं. को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा स्कुटर चालक गोरखा जिल्ला गोरखा-१३ अबुवा देउराली बस्ने बर्ष २२ को आशिक बाबु नरालको मृत्यु भएको छ ।

उक्त दुर्घटना स्कुटरको पछाडि बस्ने मृतक नरालका बुवा ४७ को कृष्ण प्रसाद नराल घाईते भएका छन् । घाइते कृष्णप्रसादको मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले