कालिका मावि देवघाटका विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट । असार १

देवघाट गाउँपालिका-५ स्थित कालिका माविका विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।
सारथी टुगेदर फर नेपाल, जर्मनीद्वारा कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आईतवार स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको हो । सारथी टुगेदर फर नेपालका नेपाल प्रतिनिधि नारायण पुरीले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयमा कक्षा नर्सरीदेखी कक्षा १० सम्म अध्ययनरत सबै ३ सय जना विद्यार्थीहरुका लागि
कापि, कलम, पेन्सील, इरेजर, ड्रईङ ब्रस, चार्ट पेपरहरु तथा भलिवल, फुटबल, चेस, व्यडमिन्टन्, लुँडो लगायत खेलकुदका सामाग्री प्रदान गरिएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष बल बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, सारथी टुगेदर फर नेपाल, जर्मनीका नेपाल प्रमुख नारायण पुरी, विद्यालयका प्रअ सरदचन्द्र खनाल लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, विद्यालयका पूर्व अध्यक्ष बाबुराम पौडेल, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष भरत आचार्य, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यालयका शिक्षक, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता