भिमादमा दलित महिलाहरूका लागि नेतृत्व विकास पुनर्ताजगी तालिम

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार १

तनहुँको भिमाद नगरपालिकामा दलित महिलाहरूलाई लक्षित गर्दै नेतृत्व विकास सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम सुरु गरिएको छ। भिमाद नगरपालिकाको आयोजनामा असार १ देखि ३ गते सम्म सञ्चालन हुने तालिमको नगर प्रमुख दधिराज सुवेदीले आइतबार उद्घाटन गरे ।

उद्घाटन समारोहमा नगर प्रमुख सुवेदीले दलित समुदायले अब “दलित” भन्ने शब्दको प्रयोग हटाउँदै सशक्त रूपले समाजमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले सीमित व्यक्तिलाई लक्षित गरेर तालिम दिई तिनै व्यक्तिले त्यसको प्रभावकारी उपयोग गर्नु आवश्यक रहेको बताए। साथै, कृषि, आम्दानीमुखी र सिपमूलक तालिम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपप्रमुख शारदा खनालले विगतमा पनि यस्ता तालिमहरू सञ्चालन हुँदै आएको बताउँदै पुनर्ताजगी तालिमले महिलाहरूको नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले महिलाहरूले शैक्षिक, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका लिनुपर्नेमा जोड दिँदै आवश्यक बजेट आगामी आर्थिक वर्षमा विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरिन्।

तालिममा कार्यपालिका सदस्य इन्दिरा खड्का, पूर्व कार्यपालिका सदस्य डिना गोतामे र सञ्चारकर्मी शालिकराम सुनार उपस्थित थिए। उक्त तालिममा भिमाद नगरपालिकाका ९ वटै वडाबाट ३० जना महिलाहरूको सहभागिता रहेको छ। महिलाहरूलाई सशक्त बनाउने, क्षमता अभिवृद्धि गर्ने, व्यक्तित्व विकासका साथै वर्गीय अधिकारका विषयमा ज्ञान प्रदान गर्ने लगायतका विषय हरु बारे सिकाइएको छ। तालिममा पत्रकार अन्जान परियार सहजकर्ताको भूमिकामा रहेका छन्।

सो कार्यक्रमको सञ्चालन सूचना अधिकारी टेकावती ढकालले गरेकी थिइन् भने कार्यपालिका सदस्य संगीता विश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता