देवघाटमा सवारी साधनको इन्धनमा अनियमित खर्च, सरकारी गाडी हुँदा हुदै दुई वटा भाडाको गाडीलाई ५ लाख १५ हजारको इन्धन

Devghat Online

शेयर गरौ

देवघाट । असार ३

देघवाट गाउँपालिकामा सवारी साधनको लागि इन्धनमा लाखौं रुपैयाँ अनियमित रुपमा खर्च गरिएको पाईएको छ । गाउँपालिकामा सरकारी सवारी साधन हुँदाहुँदै थप दुई वटा सवारी साधन भाडामा लिएर उक्त दुई वटा सवारी साधनलाई एक वर्षमा इन्धनमा मात्र ५ लाख १५ हजार ८७१ रुपैयाँ उपलब्ध गराईएको छ ।

महालेखा परिक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिबेदन अनुसार देवघाट गाउँपालिकाले सवारी साधनको इन्धनमा उक्त ५ लाख १५ हजार ८७१ रुपैयाँ अनियमित रुपमा खर्च गरेको छ ।

गन्डकी प्रदेशको खर्च मापदण्ड २०७९ को दफा १७ (४) अनुसार सरकारी कामको लागि मात्र सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । साथै प्रत्येक सवारी साधनको प्रयोगको लगबुक राखी सम्बन्धित पदाधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । देवघाट गाउँपालिको बा १ च ९०७५ र बा ६ च ८६०५ नम्बरको दुई वटा गाडी भाडामा लिई अनियमित रुपमा इन्धनमा खर्च गरेको पाईएको महालेखा परिक्षकको प्रतिबेदनले जनाएको छ ।

कार्यालयमा सरकारी गाडी हुँदाहुदै पनि भाडामा गाडी लिई इन्धन उपलब्ध गराएकोले दैनिक तथा मासिक कति परिमाणमा इन्धन खपत हुने हो सो को एकिन नगरि सम्झौता गरिएको पनि प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता