आँबखैरेनीमा रैथाने खाजा र क्यान्डी बनाउने तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ४

आँबखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को उद्यम विकास शाखा अन्तर्गत घरेलु काममा सीमित रहँदै आएका महिलाहरूलाई लक्षित गरी रैथाने खाजा बनाउने तीन दिने तालिम र क्यान्डी बनाउने पाँच दिने तालिम सम्पन्न गरेको छ ।

महिलाहरूको जीवनस्तरमा सुधार ल्याई उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उदेश्यले तालिम संचालन गरिएको हो । तालिमले महिलाहरूलाई सीप विकास मार्फत स्वरोजगारतर्फ प्रेरित गर्न र महिलाहरूलाई व्यापार व्यवसायमा सक्रिय बनाउन योगदान प्रदान गर्नेछ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा सदस्य गंगा बिसी लगाएतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, महिलाहरू घरभित्र मात्रै सीमित हुनु हुँदैन, उनीहरूले पनि आर्थिक विकासमा बराबरीको भूमिका खेल्न सक्छन् भन्ने सन्देश दिन तालिम आयोजना गरिएको हो ।

तालिममा स्थानीय १४ जना भन्दा बढी स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । तालिमपश्चात उनीहरूले व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने र बजारीकरणका लागि गाउँपालिकाले सहजीकरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण