फोकस नेपाल राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार–२०८२ वाट परशर मावि पुरस्कृत

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

फोकस नेपाल राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार–२०८२ बाट पराशर माध्यमिक विद्यालय पुरस्कृत भएको छ । व्यास नगरपालिका–४ दमौली, स्थित पराशर मावि “राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार–२०८२” बाट पुरस्कृत भएको हो । शनिबार काठमाडौमा आयोजित कार्यक्रममा पुरस्कृत विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक मीन बहादुर कार्कीले प्रसंसापत्र ग्रहण गरेका छन् ।

शनिबार संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति र सहभागितामा ’शिक्षा क्षेत्रमा समस्या र समाधान’ विषयक संगोष्ठी, ‘राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार–२०८२’ प्रदान समारोह र विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सोही क्रममा देशभरबाट उत्कृष्ट छनौट भएकालाई सम्मान गरिएको हो ।

फोकस नेपालले शैक्षिक क्षेत्रमा उल्लेखनीय दीर्घकालीन योगदान, पर्याप्त भौतिक पूर्वाधार भएको, दक्ष र अनुभवी शिक्षकहरू नियुक्त गर्ने, समयमै, प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्ने, साथै अघिल्ला परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने जस्ता आधारहरू हेरि सम्मान र पुरस्कृत गर्दछ । सोही आधारमा दमौली स्थित पराशर माविलाई छनौट गरिएको हो ।

आफ्नो विद्यालय देशैभरबाट उत्कृष्ट छनौट भै पुरस्कृत हुन पाउँदा खुशी लागेको कार्कीले बताए । उनले पुरस्कारले हौसला बढ्नुका साथै अझै बढी विद्यार्थी र विद्यालयप्रती गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने जिम्मेवारी थपिएको बताए ।

“समृद्धिका लागि सामाजिक अभियान” भन्ने मूल आदर्शका साथ स्थापित सामाजिक संस्था फोकस नेपाल शान्तिप्रेमी र प्रगतिमुखी नेपाली समाजको समग्र कल्याण र विकासमा निरन्तर समर्पित छ। विभिन्न कार्यक्रमहरू मार्फत यस संस्थाले नेपाली समाजलाई राष्ट्रिय विकासको मूलधारमा संलग्न गराउँदै रचनात्मक र सकारात्मक रूपमा अगाडि बढ्न प्रेरणा र मार्गदर्शन गर्दै आएको छ ।

फोकस नेपालले देशको उत्कृष्ट माध्यमिक विद्यालयहरू मध्ये एकको रूपमा पराशर छनोट भएकोमा बधाईका साथ धन्यवाद पनि दिएको छ । शिक्षाको क्षेत्रमा तपाईंको संस्थाले नेपाल र नेपाली जनतालाई गरेको असाधारण योगदानको सम्मानमा, हामीले विशेष समारोहमा तपाईंलाई “राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार–२०८२” ले सम्मान गर्न पाएकोमा खुशी भएका छौ प्रसंसापत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु

म्याग्दे गाउँपालिकाले दियो ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मा बिदा

तनहुँ । जेठ १४ म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनः रवि र बालेनले पाए क्लिन चिट, रास्वपाका १५ जना सांसदलाई कारवाहीको सिफारिश

काठमाडौं । जेठ १३ जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।