चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु, २० जना घाइते

Devghat Online

शेयर गरौ

चितवन । असार ७

चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । घाइतेहरूलाई भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

भरतपुर सरकारी अस्पतालमा मृत्यु हुनेहरूमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८÷१९ र २४÷२५ वर्षीया दुई महिला, २२÷२३ वर्षीय पुरुष, ३०÷३५ वर्षीया गर्भवती महिला र ३५÷४० वर्षीय पुरुष रहेका छन् ।

एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१) र गंगा घलान (३४) छन् । पुरानो मेडिकल कलेजमा झापा गौरादह–९ की सुशीला बराल (६५), उमा बराल (६७), कञ्चनपुर बेलौरी–४ का वीरबहादुर जैसी (४८) र रुकुम पश्चिम आठबिस्कोट–९ का सन्देश ओली (३०) को उपचार भइरहेको छ । नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ, जसको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण