व्यास–३ मा उद्घोषण, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

व्यास नगरपालिका–३ अन्तर्गत महिला समन्वय समितिको आयोजनामा उद्घोषण, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ। व्यास नगरपालिका को सभाहलमा असार ६ देखि सञ्चालन भएको तालिम असार ९ गते सोमबार सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता महिला वडा समन्वय समितिकी अध्यक्ष शर्मिला ओझा पौडेलले गरेकी थिइन्। तालिममा वडा नं. ३ का विभिन्न टोल बाट सहभागी टोल विकास समिति र महिला समूहका अध्यक्ष र सचिवहरु सहित ४० जना महिला सहभागी थिए।

समापन समारोहमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। उनले लोकतन्त्रमा मौनता होइन, अडान सहितको माग आवश्यक हुने बताउँदै महिलाहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै उनले व्यावसायिक तथा सीपमूलक तालिमहरू आगामी दिनमा थप प्रवाह गरिने प्रतिबद्धता समेत जनाए।

समापन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अनुप रानाले तालिमलाई सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा वडा बाट आवश्यक सहयोग र बजेटको व्यवस्था गरिने जानकारी दिए।

तालिमका सहजकर्ताका रूपमा रहेका पत्रकार अन्जान परियारले उद्घोषण कला, भाषणकला, माइन्युट, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।सहभागीहरूको तर्फबाट बोल्दै पूजा गुरुङ र पदमा प्रधानले तालिमले आफू सहित सहभागी सबैलाई महत्त्वपूर्ण ज्ञान प्रदान गरेको बताइन्। उनले तालिममा सिकाइएका सीपहरू व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै यसले नेतृत्व सीपमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको सञ्चालन महिला वडा समन्वय समितिकी सचिव श्रीमाया रानाभाटले गरेकी थिइन् भने उपाध्यक्ष केश कुमारी रानाले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता